जग्गा नाप्ने विषयमा कुटपिट हुँदा बारामा एक जनाको मृत्यु, २ जना पक्राउ

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।

सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो ।विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles