प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको धर्ना स्थगित

जनकपुरधाम । मधेश प्रदेश सरकारले सुरू गरेको धर्ना स्थगित गरेको छ । प्रहरी समायोजनको माग गर्दै मधेश सरकारका मन्त्रीहरु आन्दोलित बनेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको हो । यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक–पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीहरुले धर्ना शुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles