संकल्प साकोस बन्यो मधेस प्रदेशको उत्कृष्ट संस्था

चन्द्रपुर / रौतहटको चन्द्रपुर ५ बजार स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको ३५ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न बिधामा सम्मान तथा पुरस्कृत गर्ने क्रममा संकल्प साकोसलाइ मधेस प्रदेशको उत्कृष्ट सस्थाको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । सुविधा सम्पन्न आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको साकोसलाई सदस्य हितका कार्य, सु शासन ,प्रबिधिको प्रयोग ,सामाजिक उत्तरदायित्व ,कर्मचारीको स्थायित्व र सन्तुष्टि,व्यवसायिकता, पुर्ण तथा व्यावसायिक साकोस निर्माण कार्यक्रममा आवद्धता र उपलब्धि ,पर्ल्स अनुगमन प्रणालीलाई आत्मसात गरेको अबस्था ,नियामक निकायले प्रदान गरेको निर्देशन कार्यन्वयनको अवस्था आदिलाई आधार मानेर नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले पुरस्कृत गरेको हो ।


साकोसले लामो समय देखि चन्द्रनिगाहपुरमा रहेर आर्थिक बिकासका लागि ,बित्तिय साक्षरता अभियान ,सामाजिक सास्कृतिक परिबर्तन र बिकासका लागि भुमिका खेलिरहेको छ । सस्थाले जिरो प्रशितमा आकस्मिक ऋण, हजार हातमा खुत्रुके साथमा ,जेष्ठ सदस्य सम्मान , सदस्यको मृत्युु पर्यन्त परिवारजनमा क्रिया खर्च प्रदान ,नव दुलहिलाइ निशुल्क शेयर प्रदान ,एकल महिलाको छोराछोरीलाई पाठ्यसामग्री खरिदको लागि केही आर्थिक सहयोग ,विभिन्न बिधामा योगदान गरेका ब्यक्तिलाई सम्मान ,जस्ता कार्यक्रमहरु सदस्य्हरुले रुचाएका छन ।
प्रबिधि प्रयोगमा पनि यो सस्थाले अग्रता लिएको छ । ए टि एम को प्रयोग ,मोबाइल बैङ्किङ,फन्ड ट्रान्सफर ,क्यु आर कोडको प्रयोग ,रेमिट्यान्स सेवा ,क्लाउडमा आवद्ध जस्ता पक्षले सस्थाको बिश्वासमा बढोत्तरी भएको त्यहाका शेयर सदस्य बताउछन । रौतहटको उत्तरी क्षेत्रमा रहेर पुर्ण रुपमा समुदायमा आधारित रहि सामुहिक नेतृत्वको भावना बाट अगाडि बढेको सस्थाले नेफ्स्कुन,सहकारी बैंक ,तत्कालीन डिभिजन सहकारी कार्यालय रौतहट ,कर कार्यालय सिमरा ,मधेस प्रदेश सरकार बाट पनि सम्मानित भईसकेको सस्थाका अध्यक्ष बिभु पोखरेलले जानकारी गराउनु भएको छ ।

असार मसान्तसम्म ३९६५ सदस्य ,५ करोड १३ लाख शेयर पुजि ,३७ करोड ४९ लाख बचत ,५० करोड ६३ लाख ऋण लगानी ,२ करोड ४१ लाख सन्चालन नाफा गरि ६० करोड ३७ लाखको कुल सम्पत्ति भएको पनि अध्यक्ष पोखरेलले जानकारी गराउनु भएको छ ।आगामी दिनमा पनि सहकारीको मर्मलाई आत्मसात गर्दै सदस्यको हितमा काम गर्दै आएकाले थप पुरस्कारको लागि योग्य बन्नेमा संस्थाका संचालक र कर्मचारीहरु ढुक्क छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles