१० जना छात्रालाई छात्रबृत्ति बितरण

चन्द्रपुर । रौतहटको चन्दनिगाहपुरमा बुधबार १० जना छात्राहरुलाई छात्रबृत्ति बितरण गरिएको छ । गरिव तथा विपन्न परिवारका १० जना छात्राहरुलाई ११/११ हजार रुपैंयाको छात्रबृत्ति बितरण गरिएको हो । झापाली समाज यू.एस.ए,झापा विकास मञ्च काठमाण्डौ र लायन्स क्लब अफ चन्द्रपुर ग्रिन सिटीको आयोजनामा छात्राहरुलाई शैक्षिक छात्रबृत्ति बितरण गरिएको लायन्स क्लब अफ चन्द्रपुर ग्रिन सिटीका संस्थापक अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।


छात्रबृत्ति बितरण कार्यक्रमका अध्यक्षता गर्दै झापा विकास मञ्च काठमाण्डौका अध्यक्ष अधिवक्ता हरि उप्रेतीले मानव सर्वश्रेष्ठ प्राणी शिक्षाकै कारणले भएको भन्दै शैक्षिक क्षेत्रमा गरिएका काम मान्छे मरेर गएपनि काम सदैब रहिरहने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले शैक्षिक क्षेत्रमा राजनीति र केही व्यक्तिको लोभका कारण रौतहटको शैक्षिक अवस्था कमजोर भएको बताए ।
त्यस्तै कार्यक्रमकी विशिष्ठ अतिथी झपाली समाज यु.एस.ए की अध्यक्ष यमुना भट्टराईले घर शिक्षित हुन छोरी शिक्षित हुन जरुरी रहेको बताउँदै छोरीलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिईन ।


कर्यक्रमका अतिथीनेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सञ्जय कार्कीले सोचमा परिवर्तन ल्याउन सके हरेक छोरी शिक्षित बन्ने बताउँदै केही शिक्षा क्षेत्रकै व्यक्तिको लोभका कारण शैक्षिक अवस्था धरासायी बन्न पुगेको धारणा व्यक्त गरे भने अन्य अतिथीहरुले शिक्षामा सुधार ल्याउन हातेमालोगरेर अघि बढ्ने प्रतिबद्दता जनाएका थिए ।
कार्यक्रम संचालन लायन्स क्लब अफ चन्द्रपुर ग्रिन सिटीका उपाध्यक्षनारायण न्युपानेले गरेका थिए भने कायक्रममा सामुदायिक विद्यालयका प्रधानाध्याप,अभिभावक,सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles