६७ औं प्रहरी दिवसको अवसरमा रौतहटमा बृक्षारोपण

चन्द्रपुर । ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बृक्षारोपण गरेको छ ।
बुधबार जिल्ला ट्राफिक कार्यालय रौतहटले ६७ औं प्रहरी दिवसको अवसरमा कार्यालय परिसर(कम्पाउन्ड) भित्र बिभिन्न प्रजातीका ४५ वटा बिरुवाहरु रोपेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारी, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवार,प्रहरी निरीक्षक शुशिल आचार्य सहित कार्यालय तथा मातहतमा कार्यरत ३७ जना प्रहरी कर्मचारीहरुको उपस्थितिमा बृक्षारोपण कार्याक्रम सम्पन्न गरिएको रौतहट ट्राफिक प्रमुख बिमला कुमारी कठायतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles