रवीन्द्र मिश्रलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष र काठमाडौं क्षेत्र नम्बर १ को टिकट

काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ ।

‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।’

वरिष्ठ उपाध्यक्ष पद दिए पनि निर्वाचित भन्दा उनको वरीयता तल हुने राप्रपका एक पदाधिकारीले बताए । उनका अनुसार काठमाडौं १ को टिकट पनि उनले नै पाउने छन् ।

२०७४ को निर्वाचनमा साझा पार्टीबाट उनले काठमाडौं १ मै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग टक्कर गरेका थिए । यसपालि उनी राप्रपाबाट चुनावी मैदानमा जानेछन् ।

त्यसैगरी राप्रपा र एमालेबीच चुनावी गठबन्धन हुने चर्चाले मिश्रको पल्ला भारी हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles