गठबन्धनका उम्मेद्वार जिताउन काङ्रेस प्रबक्ता महतको निर्देशन

रौतहट । नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रिय प्रबक्ता डा.प्रकाश शरण महतले काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनु भएको छ । रौतहट क्षेत्र नम्बर ४ को चन्द्रपुर ४ र ६ को चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बिजय हासिल गरेर नेपाली काङ्ग्रेसका उम्मेदवार देब प्रसाद तिमल्सिनाले काङ्ग्रेसको साख जोगाएको स्मरण गर्दै पुनः तिमल्सिनालाईनै संघमा बिजयी गराउन पार्टीका सबै तह र तप्का लागीपर्नु पर्ने बताउनुभयो ।

नेता महतले तिमल्सिना पुनः निर्वाचित भएमा रौतहटले मन्त्रालय पाउने सम्भावना बढ्ने बताउदै दायाँ बायाँ नगरी मतदान गर्न निर्देशन समेत दिनुभयो । नेता महतले गठबन्धनका अर्का उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई समिरलाई प्रदेशसभा “क” मा मतदान गर्दै बिजयी गराउन कार्यकर्तालाई निर्देशन दिदै अबको सरकार गठबन्धनकै बन्नेमा बिश्वस्थ रहन गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताउनुभयो । उहाले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles