रौतहट क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी निर्वाचित

गुजरा । रौतहट क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी निर्वाचित भएका छन् । प्रभु साहको साथ पाएका चौधरी एमाले जसपा गठबन्धनकी पूजा चौधरीलाई २१२३ मतले उछिन्दै विजयी भएका हुन । इन्जिनियर पेसाबाट राजनीतिमा आएका ४४ वर्षीय केशवराय चौधरीले कुल १२ हजार २५५ मत प्राप्त गरेको क्षेत्र ३ का निर्वाचन अधिकृत मेघनाथ चापागाईंले बताएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पूजा चौधरीले कुल १० हजार १२३ मत प्राप्त गरेकी थिइन्। पूजा पूर्वमन्त्री गोविन्द चौधरीकी छोरी हुन्। त्यसैगरी प्रदेशसभा (क) मा सत गठबन्धनका समर्थन पाएका एकीकृत समाजवादीका उम्मेदवार पूर्वप्रदेश राज्यमन्त्री नागेन्द्र यादव कूल ७ हजार ६२२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles