गौर ५ स्थित्त फुलतारा डेरी उद्योगमा प्रहरीको छापा:जनावरको बोसो प्रयोग गरी घ्यू उत्पादन

गौर । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर ५ स्थित पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगबाट भैंसी सहितका विभिन्न पशुको बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य बस्तुहरु बरामद गरेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीले डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संचालक मतिउल्लाह सहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा भैंसी सहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।
उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौं सहित मुलुकको विभिन्न भागमा पुग्ने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सुचनाको आधारमा प्रहरीले छामा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दोषिहरुलाई कारवाही गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles