चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्षद्वारा कांग्रेस परित्याग

चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाका उद्योग बाणिज्य संघका अध्यक्षले नेपाली कांग्रेस छाडेका छन। उद्योग बाणिज्य संघ अध्यक्ष उदय नारायण सापकोटाले नेपाली कांग्रेसले जनताको अपेक्ष्या अनुरुप काम नगरेको आरोप लगाउदै कांग्रेस छोड्ने निर्णय गरेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन ।

जनताको काम गर्ने भनेर कांग्रेसले गरेको बाचा अनुरुप काम नगरेपछी आफु यो निर्णयमा पुगेको उनले बताए। उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना दलले अबको विकास सम्भब नरहेकाले नया सम्भावनाको खोजी गर्नु पर्ने बताउदै ‘समुन्नत नेपाल,सम्मानीत नेपाली’ को नारा लिएर हिडेका युवाहरुलाई प्रजातन्त्र प्रात्तिको ३४ बर्षदेखी सत्ता केन्द्रित रहेको नेपाली कांग्रेसले ,२०४८,२०५६ सालमा पूर्ण बहुमत प्राप्त गरेर पनी गुटबन्दीका कारण जनभावना अनुरुप काम गर्न नसकेको आरोप लगाउदै अध्यक्ष सापकोटाले कांग्रेस छाड्ने निर्णय गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles