रौतहटका तीन नाबालकको भारतबाट उद्वार

गरुडा । रौतहटका ३ जना नाबालक श्रमिकको भारतबाट उद्दार गरि आफन्तको जिम्मा लगाइएको छ । सामुदायिक बिकाश तथा सचेतना नेपालको पहल र भारत स्थीत एक गैर सरकारी संस्था तथा भारतीय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत नाबालकहरुको उद्दार गरिएको हो । उनीहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा आयोजित कार्यक्रममा गरि परिवारलाइ जिम्मा लगाइएको सामुदायिक बिकाश तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले जानकारी दिए।
राजपुर नगरपालिकाका एक जना,बृन्दावन नगरपालिकाका १ जना र यमुनामाइ गाउपालिकाका १ जना गरी ३ जना नाबालकहरुलाइ परिवारको जिम्मा लगाइएको हो। गत साउन यता २३ जना बाल श्रमिकहरुको भारतबाट उद्दार भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख प्रसनि फुल माया गुरोले जानकारी दिईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles