अज्ञात समूहद्धारा धानमा आगजनी,लाखौको क्षति


रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले हिजोराती आगो लगाएर जलाइदिएको छ । फतुवा विजयपुर – २ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाह खेतमा लगाएको धान जलेर पुर्ण रुपमा नष्ट भएको छ । शनिबार राती साढे ९ बजेतिर भएको आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए । खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारीमा रहेका किसान यादबको धानमा पेट्रोल छर्किएर आगो लगाइएको यादवको भनाइ छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्य

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg