पर्सा । प्रहरीले लागू औषध सेतो हिरोईन सहित २ जना पक्राउ गरेको छ । बिशेष सूचनाको प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित सडकखण्डमा दुई जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा खानतलासी गर्दा १सय २ ग्राम लागुऔसध हिरोईन सहित बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ता र सोही स्थानका वर्ष ३८ का फिरोज चौधरीलाई पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ । निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।