गौरबको शतकीय पारीले चन्द्रपुर बिजयी

गौर । रौतहट सदरमुकाम गौरस्थित राइस मिल्सको फिल्डमा जारी पालिका कपमा चन्द्रपुर नगरपालिका बिजयी भएको छ । चन्द्रपुरले माधवनारायण नगरपालिका लाइ ९ विकेटले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ ।

टस जितेर मैदानमा उत्रिएको माधवनारायण नगरपालिकाको टिमले २० ओवरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोडेको माधवनारायणको टिमले नितेश यादवको ६५ रन र रणबीर यादवको ५४ रनको मद्दतले १ सय ७७ रन बनाउन सफल भएको थियो ।
दोस्रो पारीमा ब्याटिङमा उत्रिएको चन्द्रपुरको टिमले १९ ओवरमा लक्ष्य भेट्टाउदै जित हात पारेको हो ।
चन्द्रपुरका गौरव खड़काले ६९ बल मा १ सय ४ रन बनाए भने अबिषेक रौनियारले ४९ रन बनाउदै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles