पोखरीमा डुबेर बालिकाको मृत्यु

रौतहट । जिल्लाको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ ।
बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।
बालीका डुबेको खबर पाउना साथ शसस्त्र प्रहरीको सन्तपुर बेशबाट शसस्त्र प्रहरी नायब निरिक्षक यमबहादुर वलीको टोली घटनास्थल पुगेर बालीकालाई पोखरीबाट बाहिर निकालेको शसस्त्र प्रहरी बेश सन्तपुरका प्रमुख डिएसपी केशब बहादुर ओलियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles