मकवानपुर । मकवानपुर प्रहरीले टिफरमा लोड गरिएको काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी शिवराईगाँउ फापरबारीबाट प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती गाउपालिकापा. वडा नं. २ स्थित भुर्कुस टोलमा बा.५ ख ५४०० नम्बरको टिप्परबाट १८७ पिस (२१७.४२ क्यू. फिट) चिरान सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । टिफरमा काठ लोड गर्दै गरेको अवस्थामा टिप्पर चालक गढी गाउपालिका वडा नं. २ का २५ बर्षका आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको उपरीक्षक रिजालले बताए । बरामद चिरान काठ, टिप्पर सहित निज आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय मकवानपुरमा बुझाईएको रिजालले बताए ।


