राजदेवीमा जस्ताको छानाभएको घरमा आगलागी झण्डै १२ लाखको क्षती

सञ्जय मिश्रा 

रौतहट १७ बैशाख। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो। आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम,२ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

घटना लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवाबाट सई सुवाष खत्रीको कमाण्डमा ११ जना ,प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट असई हृदेश राउतको कमाण्डमा ४ जना, गौर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा उक्त आगो बिहान साढे २ बजेको समयमा पुर्ण रुपमा नियन्त्रण हुँदा ठूलो क्षतीबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

घटनामा मानविय तथा पशु चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। गर्मी संगै तातो हावा चल्न सुरुभए यता पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर करोडौं बराबरको क्षती भएको अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles