सुहाङ नेम्वाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जारी मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् ।

सोमबार बिहान ७ः५५ को अद्यावधिक विवरणअनुसार कुल २१ हजार ८१० सदर मत गणना सकिँदा सुहाङले ८ हजार ८९८ मत पाएका छन् ।

यसैगरी कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ६ हजार २८० मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् ।

यस्तै चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १३०५ मत पाएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका जीत बहादुर राईले २४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles