चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा शाखाले शैक्षिक क्यालेण्डर नबनाउदा बिद्यालय र अध्यनरत बिद्यार्थीमा अन्योलता छाएको छ । विभिन्न मिडियामा देशकै शैक्षिक हब बनाउने भनेर बिशेष कुराकानी गरेपनी कामचाहिँ कछुवाको गतीमा पनि भएको छैन ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरुको संगालो रहेको वार्षिक शैक्षिक क्यालेण्डर समेत बनाउन नसक्ने पालिका र शिक्षा शाखाले नगरभरीका बिद्यालय र अध्यनरत बिद्यार्थीको भविस्यमाथी खेल्वाड गरिरहेको अबिभावक र शिक्षाप्रेमीहरुको आरोप छ । कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूची क्षमता अनुसार तोकिएको समयमा सम्पन्न गर्नका लागि सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवम् परिस्कृत पेशागत प्रतिष्ठा बढाउन, लगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रकमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्नको लागि शैक्षिक क्यालेन्डर (पात्रो) कोसे ढुङ्गा हो । तर चन्द्रपुरमा शैक्षिक क्षेत्रमा ब्याप्त नितिगत भ्रस्टाचारमा सम्लग्न शैक्षिक माफिया र नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डलका कारण शैक्षिक क्यालेण्डर शैक्षिक सत्र सुरु भएको साता बित्दा समेत सार्वजनीक नहुनु शंकास्पद रहेको अभिभावक अजय दासले बताए ।
शैक्षिक गुणस्तरलाई सुदृढ गर्न राज्यले विभिन्न निकाय र संरचनाको व्यवस्था गरे पनि मण्डलका कारण चन्द्रपुरको शिक्षा क्षेत्रमा आसातित परिवर्तन हुन सकेको छैन्। सामुदायिक विद्यालयको पठनपाठनलाई व्यवस्थित नहुनका कारणबाट गुणस्तर खस्कंदो अवस्थामा मात्रै छैन ७७ नम्बरमा रहेको रौतहटको शिक्षा क्षेत्र तहसनहस गर्दै जिल्लाकै सुगम मानिएको चन्द्रपुर नगरपालिकाको शैक्षिक क्षेत्र धरासायी बनाउनमा उद्दत उनलाई कार्वाही गर्ने हैसियत पालिकाले नराख्दा सिङ्गो नगरको बिद्यार्थीको भविष्य अन्योलता तर्फ धकेलिएको छ ।
सामुदायिक विद्यालयमा उपलब्ध साधानस्रोतको अधिकतम प्रयोग गर्दै विद्यालयका कार्यक्रमलाई व्यवस्थित एवं चुस्तदुरुस्तरुपमा सञ्चालन गरी सुगमतापूर्वक शिक्षाका लक्षित उद्देश्य हासिल गर्न ठीक समयमा ठीक काम गर्नुपर्ने भएपनी आर्थिक लाभलिने सोचका साथ अघि बड्ने यस्ता शिक्षा अधिकारी हटाउनुपर्ने चौतर्फी दवाब भएपनी राजनीतिक आवरणमा बच्दै आईरहेका शैक्षिक सुधार बिरुद्धका अधिकारीलाई कार्यपालिकाले कार्वाही नगर्नु संकास्पद रहेको अभिभावक बिमल उप्रेती बताउछन् ।
कार्यक्रममा पारदर्शिता, विकेन्द्रित जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक निणर्य प्रक्रिया जस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै अधिकतम उपलब्धी हासिल गर्न शैक्षिक पात्रोले मार्ग दर्शनको भूमिका खेल्छ । तर,देशकै शैक्षिक हब बनाउने दाबी गर्दै विशेष कुराकानी गर्नमा समय खर्चने शिक्षा अधिकारीको ध्यान यसतर्फ केन्द्रित नहुनु अर्थपुर्ण छ ।
गत बर्ष खरिद गरिएको ई हाजीरी मेसिनसमेत जडान नगरेर आफ्ना नातागोता र नेताका आफन्तलाई समेत जागिर दिलाएर घरमै हाजीर गराएर नितिगत भ्रष्टाचार भइरहेको समेत खुल्न आएको छ । देशकै शैक्षिक हब बनाउने प्रचारबाजि गर्नेहरुसङ नगरबासीले जवाफ मागेका छ्न ।