चन्द्रपुर । रौतहटको सुगम क्षेत्र मानिएको चन्द्रपुर नगरपालिका । जहाँ पहुँचको कुरा गर्दा,शिक्षा,स्वास्थ,रोजगार र भौतिक पुर्वाधार सबैमा बेथिति छ । चन्द्रपुरको मुटु मानिएको चन्द्रनिगाहपुरबाट ८ किलोमिटर दक्षिणमा रहेको बसन्तपुर चोक्बाट भित्री ठाउमा जान निर्माण गरिएको कालोपत्रे सडक जिर्ण बनेको छ । दैनिक सयौं सवारी साधन गुड्ने कालोपत्रे सडकमा आवतजावत गर्नेहरु आजीत बनेका छ्न । खाल्डाखुल्डीका कारण हरेक दिन समस्या खेप्नु परेको उनिहरुको समस्या न नगरपालिकाले सुनेको छ न वडा कार्यालयले ।संविधान सभा सदस्य रामकुमार भट्टराईको पहलमा बनेको बाटो आज खाल्डाखुल्डिमा परिणत हुँदासमेत कुनै सरकारको ध्यान सडक मर्मत गर्नेतर्फ नगएको स्थानीय ब्यवसायी दिपक पौडेलको आरोप छ । अनुत्पादक क्षेत्रमा करोडौं लगानी गर्ने चन्द्रपुर नगरपालिकाले आफ्ना नागरिक आवतजावत गर्ने बाटो समेत मर्मत नगर्नु गैरजिम्मेवारी भएको पौडेलको तर्क छ । बाटोको समस्या दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने भएपनि बेवास्ता गर्नु पालिकाले हेपेको आभास भएको स्थानिय बताउछ्न ।
बसन्तपुर देखि प्रणामी मन्दिर सम्म ११ लाख,प्रणामी मन्दिरदेखी दिपक राईस मिलसम्म ११ लाख,दिपक राइसमिल देखि नयाँबस्ती नहरको पुलसम्म ४० लाख खर्चेर दोश्रो संविधानसभा निर्वाचनपछी बनेको सो बाटो खाल्डाखुल्डीमा परिणत हुँदा निर्वाचनका बेला मत माग्न आउने नेताहरुले बेवास्ता गर्दै आफ्नो असली चरित्र देखाएको स्थानीय अजय दास बताउछ्न ।
चिल्ला गाडीमा आएर मत माग्ने,जितेपछी केही नदेख्ने,आफ्ना आसेपासेमार्फत काम गराउने संघिय,प्रदेसका माननीय देखि स्थानिय सरकार प्रमुखको यो बेवास्ताले नागरिकमा आक्रोश पैदा हुँदै गएको दासको भनाई छ । बाटो निर्माणमा समयमै कदम चालिएन भने वडा कार्यालय हुँदै नगर घेराउ गर्ने चेतावनी समेत स्थानीयले दिएका छ्न ।


