लोक गायिका प्रियाको “बैँश चड्यो” सार्बजनिक

काठमाडौं : लोक तथा दोहोरी गायक बसन्त शाहि र प्रिया सेन्चुरीको “बैँश चड्यो” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अशोक कुमार सापकोटाको शब्द अनि संगीत भने बसन्त शाहिकै रहेको छ । गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीत सुन्दा मौलिक लाग्छ । मौलिकपन भन्दा टाढा गएर शाहिले मेलोडी बनाएका छैनन् यो गीतमा मौलिकपनलाई नछोडेर मीठो तरिकाले भाका बनाएका छन् उनले । उसो त, गाउन पनि मीठो तरिकाले गाएका छन् । बसन्त शाहि र प्रिया सेन्चुरीको गायकीको मिठास छुट्टै छ ।
झट्ट सुन्ने जोकोहीलाई गीतको अडियोले तानिराख्छ । भिडियो पनि कुनै तामझाम बिना साधारण तर गजब छ । लोकप्रिय मोडल करिष्मा ढकाल, सुमन बि.सि.,गृष्मा शाही, सुरज बि.सि. भिडियोमा फिचर्ड छन् । करिष्मा ढकाल र सुमन बि.सि.को आकर्षक डान्स भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । सन्तोष तिमल्सिनाले आकर्षक फ्रेममा खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । अमर एम.एक्स भने भिडियोका कोरियोग्राफर हुन्।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ । गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । यस अघि पनि धेरै गित संगित बजारमा ल्याएका शाही र सेन्चुरीको लेकको चरी, खोली बगर र लेकै गुँरास बेसीमा टुनी लगायत गितहरुले दर्शकको मन जित्न सफल भएका छन् ।

हेर्नुस भिडियो…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles