इलाम । विद्यार्थीहरुका लागि लागुऔषध तथा साईबर अपराध सम्बन्धि सचेतना दिईएको छ । जिल्ला प्रहरी कार्यालय इलामले इलाम न.पा. ६ प्रज्ञा सदनको एजुकेशनल अंग्रेजि विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहारी कार्यालय इलाम र सोहि विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा इलामका प्रमुख सेनानी अनुसन्धान उप-निर्देशक, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक, शिक्षीका र विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक एकनारायण कोइरालाको लागु औषध तथा साइबर अपराधको बिषयमा प्रशिक्षण दिनु भएको छ ।

कार्यक्रममा नेपालि सेना द्वारा बिपद व्यवस्थापन सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन भएको थियो भने सहभागिहरुबाट आएका जिज्ञासाहरुको विषयमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,इलाम स्थित नेपाली सेनाका प्रमुख सेनानी र इलाम प्रहरी प्रमुखले सम्बोधन गर्नु भएको थियो ।


