चन्द्रपुर । चोरीको अबैध काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज गए राति १ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ४ वटा साइकलमा लोडगरी लुकाई छिपाई चिडियादहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा २१ क्युफिट सालको काठ र ४ थान साईकल बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।


