वन अतिक्रमण हटाउदै वन कार्यालय

चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । सोही अभियान अन्तर्गत मंगलबार बृन्दावन नगरपालिका १ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए । 

बृन्दावन सव डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमाण्डमा डिभिजन वन कार्यालय , बृन्दावन सव डिभिजन वन कार्यालय बलरी र चेतनगर पोष्टका वन कर्मचारीहरुको संयूक्त वन गस्ति टोलीले भोटे टोलको ५ विभिन्न स्थानमा वन अतिक्रमण गरी १ बिगाह क्षेत्रफलमा लगाईएको अदुवा, वेसार, केरा र तरकारी खेति नष्ट गरी र सोही स्थानमा बनाईएको  टहरा  समेत भत्काईएको प्रमुख साहले जानकारी दिए ।  वन अतिक्रमण गर्ने र गराउने व्यक्तिहरु उपर वन ऐन नियम वमोजिम कार्वाहीको लागी अनुसन्धान जारी रहेको  प्रमुख साहले जानकारी दिए । 

यसअघि पनि वन कार्यालयले वनको खाली जमिनमा बृक्षारोपण गर्दै आएको छ भने  वन जोगाउन नियमित गस्ती समेत गरिरहेको प्रमुख साहले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles