पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।

सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्बरको पिकअप आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकल पछाडि सवार नेपाली सेनाकै मध्यपश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी घाइते भएका छन्छ। मोटरसाइकलमा सवार तीनैजना ईश्वरपुर १५ का स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी हुँदा धामीको शरीको अधिकांश भाग जलेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक  उमाकान्त जोशीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles