मन्त्री गुप्ताले दिए राजीनामा

काठमान्डौ। सरुवा बढुवा देखि लिएर घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए। प्रधानमन्त्रीले बर्खास्तीको तयारी गरेपछी उनले राजिनामा दिएको बुझिएको छ।

विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ मन्त्री गुप्ताले भनेका छन्।

साथै उनले प्रविधिको प्रयोगको शिकास आफू भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्। ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ उनले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles