रौतहट उद्योग वाणिज्य संघमा रवीन्द्रनाथ गोपालीको प्यानल विजयी

गौर। रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्षमा रवीन्द्रनाथ गोपालीको प्यानलनै विजयी भएको छ।
अध्यक्ष पदमा गोपाली सहित अन्य ७ जना सर्वसहमतीबाट निर्विरोध चयन भएपनी बाकी ११ पदमा भएको मतदानबाट गोपालीको प्यानालनै बिजयी भएको हो। संघमा १९ जनाको कार्यसमिती रहने व्यवस्था छ। ११ सदस्य पदको लागि २७ जनाको उम्मेदवारी दर्ता भएको थियो। हिजो शनिवार भएको मतदान र मतगणना प्रक्रियाबाट सन्तोष केसरीले सबैभन्दा बढी ५३७ मत ल्याएर विजयी भए। कुल ७३८ वटा मत खसेकोमा रितेश अग्रवालले ५०६, चन्द्रप्रकाश अग्रवाल ४९६, विनोद कुमार ४९४, राजु जयसवाल ४८१, सुनिल जयसवाल ४७७, भैरव साह ४७२, मनोज कुसवाहा ४६९, विजय कुशवाहा ४०२, दिपेन्द्र झा ३८८ र अभिमन्यु गुप्ताले ३८५ मत प्राप्त गरेर रौतहट उद्योग वाणिज्य संघको सदस्य पदमा निर्वाचित भएको प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles