४३ औँ बीपी स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

रौतहट : नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आज मंगलवार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित कोटिहोम मन्दिर परिसरमा ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न गरिएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेंस रौतहट जिल्ला सभापति तथा मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको बिषयमा प्रस्ट परेका थिए ।
कार्यक्रमा क्षेत्र नम्बर ४ का पुर्व प्रदेश समा सदस्य धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले, उपप्रमुख जयमाला चौधरी,नेपाली काग्रेंसका जिल्ला सचिव मिथिलेश मिश्र लगायतका व्यतित्वहरुले आफ्नो सान्दर्भिक भनाईहरु पस्केका थिए ।
विक्रम संवत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे । उक्त दिनलाई कांग्रेसले वीपी स्मृति दिवसको रूपमा मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles