सशस्त्र प्रहरी: सीमा सुरक्षासँगै समाजसेवामा पनि अगाडि

रौतहट, ७ श्रावण । सीमावर्ती क्षेत्रको गस्ती गर्दै सुरक्षामा चौबीसै घण्टा खटिने सशस्त्र प्रहरी बल११ गण हेडक्वाटर रौतहटले सुरक्षा सङसङै  मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।

सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणले चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेको गणपति प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए । सशस्त्रको टोली सुरक्षा कार्यमा मात्रै सीमित नरहेर समाजलाई आवश्यकता पर्दा २४ सै घण्टा उपस्थित भएर सेवा गर्ने प्रहरी भएको  एसपी बस्नेतले बताए।

सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।

एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार बन्दै विपद, रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा राखेर  राष्ट्र र जनताको सेवा नै धर्म ठान्दै कर्तव्य निर्वाहमा सशस्त्र प्रहरी लागेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles