छुरा प्रहार गरी युवकको हत्या

गौर। रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ स्थित गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको छुरा प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीले छुरा प्रहार गरेको आरोपमा गौर ३ का सनोज रामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजन कार्कीले बताए ।
मृत्यु भएका युवकको पहिचान हाल सम्म नखुलेको र छुरा प्रहार किन भएको हो घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles