रौतहट,२१ पुस । नेकपा एमाले रौतहट जिल्ला कमिटीले ४ वटै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । आईतवार बसेको जिल्ला कमिटीको बैठकले जिल्लाका चारैवटा क्षेत्रबाट उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।
यसअघि क्षेत्रीय समन्वय समितिले सिफारिस गरेको नाममा छलफल पश्चात क्षेत्र नम्बर १मा अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ मा शैलेन्द्र साह, मनोज यादव , अबुल कलाम , अतिउल्लाह,क्षेत्र नम्बर ३ मा कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाटउद्धव रेग्मी, आरती भण्डारी, रामजी साहको नाम टुङ्ग्याएर पठाइएको नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष सचिदानन्द साहले जानकारी दिए ।


