संकल्प साकोसले विभिन्न कार्यक्रम गरि मनायो १८ औं स्थपना दिवस 

चन्द्रपुर । चन्द्रपुर ५ बजारमा रहेको संकल्प साकोसको १८औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ। 

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ स्थापना दिवसको अवसरमा पहिलो दिन चन्द्रपुर ७ मा अवस्थित मानव सेवा आश्रममा आश्रित जीवन बिताइरहेकाहरुलाई खाना सहयोग  र  दोश्रो दिन कार्यालय परिसरमा सार्वजनिक खानेपानी धारा जडान र तेस्रो दिन सहकारीमा आबद्ध जेष्ठ नागरिकहरुलाई औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरि मनाएको हो । 

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुरका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने स्थापना दिवसको अवसरमा संस्थाले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो। सहकारीले ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिंदै उनीहरुको योगदानको कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

 

कार्यक्रममा सहकारी अभियानको महत्व, सहकारीको भूमिकाले समाज र आर्थिक विकासमा पुर्‍याएको योगदानबारे समेत चर्चा गरिएको थियो।

संस्थाका अध्यक्ष पौडेलले संकल्प बचत तथा ऋण सहकारी संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत संस्कृतिको विकास तथा सहज ऋण प्रवाहमा निरन्तर काम गर्दै आएको बताए । 

आगामी दिनमा अझै पारदर्शी, प्रभावकारी र सदस्य–केन्द्रित सेवा प्रदान गर्दै सहकारीलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे । स्थापना दिवसका अवसरमा आयोजित सम्मान, भेटघाट तथा अनुभव आदान–प्रदानले सहकारी सदस्यहरूबीच आपसी सम्बन्ध अझ सुमधुर र  सुदृढ भएको संस्थाको  भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles