दोलखाको लादुकमा एमाले र नेकपा त्यागी दर्जनौँ युवा कांग्रेसमा प्रवेश

दोलखा । दोलखाको विगु गाउँपालिका–४, लादुकमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार निर्वाचन अभियानका क्रममा लादुकको गुम्बडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपाका प्रविन तामाङ, दिनेश नेपाली र दिपेन्द्र नेपाली रहेका छन्। त्यसैगरी, नेकपा एमाले परित्याग गरी राम तामाङ, सुशान्त गिरी, कृष नेपाली, विक्रम ओली र टेकबहादुर तामाङ लगायतका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

यसअघि बुधबार मात्रै विगु गाउँपालिकाका एमाले उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको थियो । अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि र भ्रष्टाचार विरोधी युवा उम्मेदवार चुनावी मैदानमा आएपछि विगुमा एमाले र माओवादी परित्याग गरी कांग्रेस रोज्नेहरूको लहर चलेको छ।

नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि अजयबाबु शिवाकोटी जस्तो युवा नेतृत्वको आवश्यकता महसुस गर्दै आफूहरूले पार्टी परिवर्तन गरेको बताएका छन्। विगुका विभिन्न वडाहरूमा पछिल्लो समय कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीय नेताहरूले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles