सर्लाहीमा सवारी दुर्घटना: २ जनाको मृत्यु,२ जना सामान्य घाइते

मलङ्गवा। सर्लाहीको इश्वरपुर नगरपालिका-१३ अन्तर्गत बाके संग्रामपुर सडक खण्डको ठिल्ला नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना समान्य घाइते भएका छन । मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका ९ मिर्चैयाका अन्दाजी ३०/३५ वर्षीय मुकेश राय र सोही स्थानका अन्दाजी ३०/३५ वर्षीय रामज्ञान राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यसैगरी घाइते हुनेहरुमा हरिपुर्वा ९ का २२ वर्षीय बिक्रम राय र सोही स्थानका ४२ वर्षीय राम विश्वास राय रहेका छन । अन्दाजी राति ८ बजेको समय दुर्घटना भएको हो । कुन दिशाबाट सवारी साधन कता तिर गएको हो त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मुकेश र रामज्ञानलाई लालबन्दीको मोडेल अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका प्रादेशिक अस्पताल मलङ्गवा पठाउदा राती १० बजे तिर चिकित्सकले मृत घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles