गौर । सनिबार रौतहट प्रशासनले जारी गरेको कर्फ्यु २ घण्टाका लागि खुकुलो बनाएको छ । गौर नगरपालिकाका विभिन्न स्थानमा आज बिहान ६:३० देखि साढे ८:३० बजेसम्म कर्फ्यु खुकुलो बनाईएको रौतहट प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेड, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर तथा दक्षिणमा गौर भन्सार कार्यालयभित्र कायम रहनेछ ।
सनगढा गाउँमा बिगत ३ दिनदेखि दुई समुदायबीचको विवादपछि झडप हुनुका साथै प्रदर्शनकारीहरूले सवारीसाधनहरू जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म अनिश्चितकालका लागि कर्फ्यु लगाएको थियो ।


