बिभिन्न दलका दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

रौतहट, १२ फागुन ।
आसन्न फागुन २१ के प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा दल परिवर्तनको लहर बढ्दो छ । निर्वाचन आउन मात्र ९ दिन बाँकी रहँदा आम जनता पार्टी,नेपाली कांग्रेस र एकीकृत समाजवादीका दर्जनौँ नेता–कार्यकर्ताले दल त्यागेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। ।
देवाही गोनाही नगरपालिका–कर्कच कर्मैया गाउँमा आयोजित कार्यक्रममा रौतहट–३ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य कुन्दन कुशवाहाको घरदैलो अभियानका क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका अुन । एमाले प्रवेश गर्नेमा आम जनता पार्टी की केन्द्रीय सदस्य सकीना खातुन प्रमुख,उनीसँगै सोही पार्टीकी अफरीदा खातुन, जरीना खातुन, हलीमा खातुन, नसिमा खातुन, सनबून खातुन, सवरा खातुन, खुजन खातुन, सेलुन खातुन, अमीरखा देवी र जालिम खातुन पनि एमालेमा प्रवेश गरेको उम्मेदवार कुशवाहा निकट दीपक दुबेले जानकारी दिए ।


त्यसैगरी धरहरी गाउँका एकीकृत समाजवादीका वडाप्रत्याशी युवा नेता दिपेन्दर यादव सहित दर्जनौँ सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । कटहरिया–३ का नेपाली कांग्रेस का युवा नेता बच्चा लाल यादव सहित कैयौँ नेता–कार्यकर्ताको पनि एमाले प्रवेश भएको दुबेले बताए । उमेदवार कुशवाहाका साथै प्रदेश सांसद केशव राय चौधरी, एमालेका नेताहरु रुपेश पटेल, उपेन्द्र साह, शेख एकरामुल हक , देवाही गोनाहिकी उपमेयर परानिया देवी पटेल, फतुवा बिजयपुरकी पूर्व उपमेयर कान्ती महतो लगायत दर्जनौं नेता कार्यकर्ताको उपस्थितिमा उनिहरु एमाले प्रबेश गरेका हुन ।
निर्वाचनको अन्तिम चरणमा देखिएको यो दल परिवर्तनले रौतहट–३ को प्रतिस्पर्धालाई थप चर्काएको छ । स्थानीय तहमा प्रभाव राख्ने महिला नेतृत्व, युवा कार्यकर्ता र वडास्तरीय संरचना बोकेका व्यक्तिहरूको एकैचोटि एमाले प्रवेशलाई दलभित्र संगठन सुदृढीकरणका रूपमा हेरिएको छ ।
एकातिर अन्य दलभित्र आन्तरिक असन्तुष्टि र संगठनात्मक कमजोरी देखिँदा त्यसको प्रतिफल रूपमा एमालेतर्फ आकर्षण बढेको संकेत गरेको छ । अर्कातर्फ उम्मेदवार कुशवाहाले विकास, सुशासन र स्थिरताको एजेन्डा अघि सार्दै सो इोत्रमा आफ्नो र एमालेको बर्चश्व कायम राख्ने अभियाननै चलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles