नेपाल-भारत सिमामा निरन्तर तस्करी:नेपालबाट भारत तर्फ लैजाँदै गाँजा भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा

रौतहट । नेपाल–भारत सीमा क्षेत्र हुँदै तस्करी गरेर भारततर्फ लैजाँदै गरिएको आशंकामा ठूलो परिमाणमा गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्।
प्राप्त जानकारीअनुसार, भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१ बटालियन अन्तर्गत बी कम्पनी महुआवा र स्थानीय महुआवा प्रहरीको संयुक्त टोलीले शुक्रबार राति सीमा क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो। सोही क्रममा भारत–नेपाल सीमामा पर्ने सशस्त्र सीमा स्तम्भ (आईएनबी) नं. ३७६/२ नजिक, सैनिक रोड हुँदै करिब ७०० मिटर दूरीमा रहेको कटकेनवा गाउँ आसपास शंकास्पद वस्तु जाँच गर्दा गाँजा फेला परेको हो।
राति करिब साढे ११ बजे गरिएको चेकिङका क्रममा रातो प्लास्टिकले बेरिएको अवस्थामा ४ किलो ७६० ग्राम गाँजाजस्तो पदार्थ बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठीका प्रवक्ता विनीत कुमार सिंहले जानकारी दिएका छन्।
कारबाहीका क्रममा संलग्न तस्करहरू भने अँध्यारोको मौका छोपी फरार भएका छन्। बरामद गरिएको उक्त लागुऔषध नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन महुआवा प्रहरीलाई बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles