रौतहट,५ चैत । चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अबैध नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले कार्वाही गरेको छ । बिहिबार बिहानै ८ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ। बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकाको जिम्मा लगाएको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भइरहेको विशेष सूचनाका आधारमा कारबाही गरिएको हो।
केही समय अघि सो खोलामा भईरहेको अबैध उत्खननका विषयमा अन्नपुर्णपोस्ट र जनसरोकारमा समाचार प्रकाशित भएको थियो ।
“अवैध उत्खनन रोक्ने अभियान” चलाइएको र निरन्तर जारी रहने सशस्त्र प्रहरी बेस सन्तपुरका प्रमुख ,प्रहरी नायव उपरीक्षक बिश्व जीसीले बताए ।
चाँदीखोलामा लामो समयदेखि निरन्तर अवैध उत्खनन भइरहेको छ, तर सम्बन्धित निकायले आँखा चिम्लिँदै आएको आरोप छ।
नगरपालिकाले भने सशस्त्रबाट बुझिएका ट्र्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


