डकैती गर्नेसँग साँठगाँठपछि निलम्बित भए डिएसपी कुमुद

रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन्।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि ढुंगललाई निलम्बन गरेको हो। डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो।

गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन सुरु भएको हो।  काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए।

यसअघि पनि ढुंगेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग सम्पर्कमा रहने गरेको आरोप लागेको छ। डिएसपी ढुंगेलले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत निरन्तर संवाद गरेको रहस्य यसअघि नै खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles