चोरी भएका ब्याट्रीहरु फेला पर्न थाले

गरुडा,१७ रौतहट । रौतहटको बिभिन्न नगर तथा गाँउपालिका स्थित रहेको एनसेलको टावर बाट पटक पटक चोरी भएका महंगा ब्याट्रीहरु प्रहरीले बरामद गर्न थालेको छ ।
ईलाका प्रहरी कार्याल गरुडाको सक्रियताले बर्षौ पहिले एनसेल टावरहरु बाट पटक पटक चोरी भएका १२ भोल्टका चाईनिज ब्याट्रीहरु बरामद हुन थालेको हो ।
पछिल्लो केहीदिन देखी चोरीएका ब्याट्रीहरुको खोजी अभियानमा तिब्रता तथा पक्राउपर्ने माथी कडा कार्यवाहीको चेतावनी दिएपछी बिगतमा अबैधरुपले खरीद गरीराखेका ब्याट्रीहरु बिभिन्न माध्यम बाट फिर्ता आउन थालेको हो ।


कटहरिया,कर्कच कर्मैया लगायतका स्थानहरु बाट हालसम्म आठ वटा ब्याट्रीहरु बरामद भईसकेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक अनमोल खड्काले बताउनुु भयो ।
ब्याट्रीहरु चोरी गर्ने र खरिद गर्नेकार्यमा संलग्न केही मानिसको नाम आएकाले चोरीको घटना बारे खुल्ने तथा थप अनुुसंधान जारी रहेको निरिक्षक खडकाले जानकारी दिनुु भयो ।
एनसेल टावरहरु बाट पटक पटक ब्याट्ी चोरीको घटनाको पछाडी चोरहरुको एउटा ठुलोगिरोह सकृय रहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनुु भयो ।
चोरहरुको गिरोह सम्म पुुग्न बिषेश योजनासाथ प्रहरी लागीरहेकाले केही समय भित्रै चोरहरु नियन्त्रणमा आउने एसपी खत्रीले बिश्वास ब्यक्त गर्नु भयो ।
पछिलो तिनबर्ष भित्र जिल्लाका बिभिन्न स्थानमा रहेका एनसेलको टावरहरु बाट एकसय भन्दा बढी ब्याट्ी चोरी भएको एनसेलका प्राबिधिकहरुले बताएका छन ।
एनसेलका रौतहट प्रमुख ईन्जिनियर संजिव पटेलले जिल्ला स्थित फतेपुर नजिक टावर बाट चारपटकमा ४०वटा,जिंगडवा बाट २४वटा,ईनर्वा बाट २० वटा,र बाराको कचोरर्वा स्थित टावर बाट ३२ वटा गरी हालसम्म कुल एकसय १६ वटा ब्याट्ी चोरी भएको बताउनुु भयो ।
यसअघि ब्याट्ी चोरीको घटना बारे प्रहरी कार्यालयहरुमा पटक पटक लिखित उजुुरी दिँदा बिभिन्न राजनितिक दवाबका कारण कुुुनै ब्याट्ी बरामद हुन नसकेको ईन्जिनियर पटेलले गुुनासो गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles