बारामा यात्रुबाहक बसमा लुटपाट

बारा,१७ जेठ ।
बारामा शुक्रबार बिहानै यात्रुबाहक बस लुटिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग्स्थित बाराको पथलैया निजगढ सडक खण्डमा एउटा यात्रुवाहक रात्रिबसमा लुटपाट भएको हो ।
शुक्रबार बिहान तीन बजे पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिक मोटरसाईकलमा आएका लुुटेराहरुले ना७ ख २७९० नम्बरको काठमाण्डौ–जलेश्वर चल्ने यात्रुुवाहक रात्रिबसमा लुुटपाट भएको प्रहरीले जनाएको छ ।


लुुटेराहरुले बसका सहयोगीसँग ४५ हजार नगद र सामसुङ कम्पनीको मोबाईल एकथान लुुटी लगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक बिक्रम लामाले जानकारी दिएका छन् । बसका यात्रुुहरुलाई भने लुटेराहरुले लुुटपाट गर्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles