लिभरपुलले उचाल्यो च्याम्पियन्स लिगको उपाधि

१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २-० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २-० गोलअन्तरले पराजित गर्दै छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles