बाल यौन दुर्ब्यबहारको आरोपमा एक शिक्षक पक्राउ

गौर,२० रौतहट । रौतहटमा बाल यौन दुर्ब्यबहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । चार वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्क्राउ परेका यादव बौधीमाई नगरपालिकाको बंकुल बजारमा रहेको एक निजी बिद्यालयका शिक्षक हुन ।
विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका नियन्त्रणमा लिएर लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles