बालचनपुर। रौतहटको चन्द्रपुर १० मा रहेको श्री कृष्ण माविका ९ र १० कक्षामा अध्ययनरत बिधार्थी लाइ उद्घोषण तथा साइवर क्राइम न्यनिकरण तालिम संचालन गरीएको छ ।
चन्द्रपुर १० वडाको सहयोग तथा सुप्रिम संचार प्रालिको आयोजनामा सो कार्यक्रम आयोजना गरीएको हो । किशोर अवस्थामा रहेकाहरुले मोवाइल तथा बिधुतिय उपकरणहरु प्रयोग गर्ने , सामाजीक संजालमा सकृय हुने र उनीहरु लाइ जोखिमको बारेमा पुर्ण जानकारी नहुने हुदा यस्ता तालिमले सचेत गराउने बिश्वास लिइएको छ ।
कार्यक्रममा ९ र १० कक्षाका छात्रछात्राहरुको सहभागिता रहेको थियो । उद्घोषण तालिमको सहजीकरण पत्रकार पणि महत तथा साइवर क्राइम न्युनिकरणको बिषयमा अधिवक्ता बिपिन गौतमले सहजीकरण गरेका छन ।
तालिमको उद्घाटन कार्यक्रममा मोवाइल सहि प्रयोग र्गु पर्ने र पढ्ने समयमा मोवाइल प्रयोग गर्न नहुने श्रीकृष्ण प्राविका प्रधानाध्यापक हेम नारायण चौधरीले बिधार्थीलाइ जानकारी दिएका छन ।
यस्तै कार्यक्रममा चन्द्रपुर नपा १० का वडाअध्यक्ष जयराम चौधरीले यस्ता कार्यक्रमले किशोर किशोरीहरु लाइ सचेत गराउने र समाजमा अपराध कम हुदै जानेका बिश्वास व्यक्त गरेका छन ।