निर्दोषलाई फसाइएको भन्दै प्रदर्शन

बालचनपुर। चन्द्रपुर १० मा रहेको हांस र्फम बाट हास चोरी गरेको भन्दै प्रहरीले ५ जना लाइ मुद्धा चलाएपछि निर्दोश लाइ फसाउन खोजेको भन्दै स्थानिय आन्दोलित भएका छन ।
दुइदिन अघि बालचनपुरमा रहेको मुकेश गुप्ताको र्फम बाट हास चोरी गरेको आरोपमा प्रहरीले फिरोज साह,रमेश पासवान, राकेश पासवान , नविन चौधरी र मनिष बैठा लाइ पक्राउ गरी मुद्धा चलाएको छ ।
स्तानियका अनुसार पक्राउ परेकाहरुले हास चोरी नगरेको र किन्न जादा राति पालेले नबेच्ने भनेपछि पाले र उनीहरु बिच सामान्य भनाभन भएको बताएका छन ।
जनप्रतिनिधी तथा स्थानिय अगुवा बिन्दा रामले फर्ममा हास किन्न गएको र पाले लाइ सामान्य गाली गरेको र भोली पल्ट हल्ला भएको र चोरीको आरोप लागएको छलफलकै क्रममा उनीहरु लाइ थुन्न लगाएको बताउनु भयो ।
यता हास र्फमका संचालक मुकेश गुप्ताले हास उनीहरुले नै चोरी गरेको दावी गरेका छन । निर्दोश लाइ मुद्धा लगाएको भन्दै स्थानियले मंगलवार दिउसो केहीवेर गौर चन्द्रपुर सडक स्थित वालचनपुरमा चक्काजाम समेत गरेका थिए ।
फर्म संचालक मुकेश गुप्ताको आरोप भने पाले लाइ अभद्र व्यवहार गरेको र केही हास हराएको ले निवेदन दिएको दावी गरेका छन ।
पक्राउ परेकाहरु लाइ नछाडे भोली फेरी सडक बन्द गर्ने स्थानियले बताएका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles