पानीको धाराहरु सुक्न थाले

 चन्द्रपुर,२१ असार ।

लामो समय खडेरी परेपछि रौतहटको उत्तरी भेगमा पानीको धाराहरु सुक्न थालेका छन ।
बर्षौ देखी संचालनमा रहेका टयुवकलहरु सुक्न थालेपछि स्थानिय चिन्तीत बन्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा स्थानियले घरघरमा जडान गरेका ट्युवकलहरु सुक्न थालेको छ । चन्द्रपुरको बजारक्षेत्र तथा ठाडाटोल, कप्तानटोलमा ५० भन्दा बढी त्यस्ता धाराहरु सुकेका छन ।
ट्यांकी बाट खानेपानी बितरण हुदै आएको भएपनि नगरक्षेत्रमा भैरहेको बिकास निमार्णको कामले पाइपहरुमा क्षेती पुगेकाले बेलाबेला पानी बितरण रोकिने गरेको छ । ट्युवकल पनि सुकेको र खानेपानीको धारा पनि बन्द हुदा यस भेगका बासिन्दा पिडित बन्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles