बर्षा सुरु हुनु अगावै स्थानीय प्रशासनको चासो

गौर,२५ असार ।
बाढीको उच्च जोखिममा रहेका प्रदेश नम्बर २ को अधिकांश जिल्ला मध्ये रौतहट पनि एक हो । बाढीबाट हुने डुबान र नदी कटानको कारण वर्षेनी धनजनमा ठूलो क्षति हु“दै आएको छ यहा“ । हरेक वर्ष विपत्मा पर्दै आएका स्थानीयको जीउधनको सुरक्षाको लागि यस वर्ष स्थानीय प्रशासनले बेलैमा चासो देखाएको छ ।
प्राकृतिक विपत् न्युनीकरण गर्न स्थानीय प्रशासनसहितको टोलीले रौतहट हु“दै बग्ने बागमती, लालबकैया, झा“झ र लमाहा नदीको स्थलगत अध्ययन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापाको नेतृत्वमा जिल्ला जनपथ एवं सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना इन्द्रबक्स गणका गणपति, जिल्ला रेडक्रस, ग्रामिण विकास केन्द्र नेपालका प्रतिनिधिसहीतको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणको प्रतिबेदनमा उल्लेख भए बमोजिम राजदेवी नगरपालिका कटरवनमा दुई र बसतपुरमा दुई वटा स्पर निर्माण गर्नु पर्ने, दुर्गा भगवती गाउ“पालिकाको बडहरवामा च्यानल निर्माण गरी एउटा स्पर निर्माण गर्नु पर्ने, गरुडा नगरपालिकाको लक्ष्मिपुरमा दुई वटा स्पर निर्माण र कटहरिया पुलदेखि उत्तर जंगलसहिया सम्मको तटबन्धको उचाई बढाउनु पर्ने, कटहरिया पुल नजिकको बोल्डर परिमार्जन गरी स्पर बनाउनु पर्ने, मौलापुर नगरपालिकाको मर्यादपुरमा स्पर बनाउनु पर्ने, इशनाथ नगरपालिकाको बन्जराहामा तटबन्ध मर्मत गर्नु पर्ने र गौर नगरपालिकामा तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ ।
पहिचान गरिएका ती जोखिमयुक्त स्थानको जोखिम न्युनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको प्रजिअ थापाले बताउनु भयो । उहा“का अनुसार विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकले जिल्लालाई विपत् जोखिम न्युनीकरणका नौ वटा निर्देशन पठाएको छ । जसमध्ये वास्तविक जोखिम युक्त स्थानको नक्शाङ्कन कार्य पहिलो प्राथमिकतामा छ ।
यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिसंग सहकार्य गर्दै आएको ग्रामिण विकास केन्द्र नेपालका जिल्ला कार्यक्रम संयोजक विजय साह बनिया“ले जिल्लामा सम्भावित डुबान तथा बाढी आउन सक्ने क्षेत्रहरुलाई पहिचान गरि स्याण्ड ब्याग बोरी, ग्याविङ् वायर र तटबन्धको निर्माण गर्दै आवश्यक ठाउ“मा स्पर निर्माणको तैयारी भएको बताउनु भयो । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिबाट जोखिम क्षेत्रका स्थानीय जनसमुदाय र विद्यालयहरुमा विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (भुकम्प,आगलागी बाढी एवम् शीतलहरी) सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका सरोकारवाला निकायले भुकम्प, आगलागी, बाढी एवम् शीतलहरी जस्ता प्रकोपको कारण धनजनको ठूलो क्षेति नहोस् भन्ने उद्देश्य राखी विभिन्न किसिमका उद्धार सामाग्री तयारी अवस्थामा राखेको छ । जिल्ला प्रशासन कार्यालयको मातहतमा रहेको आपतकालीन सञ्चालन केन्द्रले विभिन्न परिमाणमा बाल्टिन, स्टेचर, बेल्चा, त्रिपाल, ब्ल्याङ्केट, मेगाफोन, इमर्जेन्सी टर्चसहीत २३ किसिमाका उद्धार सामाग्री तयारी अवस्थामा राखेको प्रजिअ थापाले जानकारी दिनु भयो ।
यस्तै नेपाली सेना इन्द्रबक्स गण गौरका गणपति सुजन शाक्यले यान्त्रीक रबर बोट, विभिन्न परिमाणमा सेफ्टी भेष्ट, रिफेलेक्टर भेष्ट, क्लाईम्बिङ र ¥यापिङ् रोपस, फायर ज्याकेट, लाइफ ज्याकेटसहीत ६८ प्रकारका उद्धार सामाग्री तयारी अवस्थामा रहेको बताउनु भयो ।
ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक बनिया“ले उद्धारको लागि झुल ९५ थान, ब्ल्याङ्केट ३५ थानसहित विभिन्न परिमाणमा प्लास्टिकको बाल्टिन र मग तयार पार्नु भएको छ भने नगद एक लाख रुपिया“को आपतकालीन कोष खडा गर्नु भएको छ । संयोजक बनिया“काअनुसार प्राकृतिक प्रकोपबाट हुन सक्ने खतरालाई दृष्टिगत गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गौर नगरपालिकाको बन्जराहामा विपत् उत्थानशील आश्रयस्थलको निर्माण कार्य गरिएको छ । उक्त भवन जेठ महिना भित्र सम्पन्न हुने उहा“ले बताउनु भयो ।
सशस्त्र प्रहरी बल रौतहटले ११ र नेपाल प्रहरीले १५ प्रकारका उद्धार सामाग्री विभिन्न परिमाणमा तयारी अवस्थामा राखेको छ । जिल्ला रेडक्रस सोसाइटीले प्राथमिक उपचार किट, जनशक्ति, भा“डाकुँडा, लत्ताकपडालगायत १९ थरीका उद्धार सामाग्रीको व्यवस्था गरेको छ ।
भारत सरकारले सीमामा निर्माण गरेको लालबकैयातर्फ ८६ र बागमती नदी तर्फ ८४ किलो मिटर बा“धको कारण रौतहटको एक दर्जन भन्दा बढी स्थान डुबानमा पर्ने खतरा उच्च रहेको सरोकारवाला बताउ“छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles