रौतहट,२७ असार । रौहतटमा ३ दिन देखी परेको अबिरल बर्षाका कारण जनजिवन प्रभाबित बनेको छ । लालबकैया,चाँदी र बागमती खोलाको जलस्तरमा बृद्दि भएको छ ।
जिल्लाका अधिकांश भुभाग पानीले भरीभएका छन् भने डुबानको खतरा बढ्दै गएको छ । हिजो र।ती लालबकैया खोलाले बगाउँदा ईशनाथ नपा ३ का ३५ बर्षियरामपुकार पटेलको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग बन्द रहेको अवस्था छ ।
पुर्व पश्चिम राजमार्गको लच्कामा सयौं सवारी साधन रोकिएका छन् । यात्रुको बिजोग भएको । जिल्लाको अधिकांश स्थानमा बिद्युत सेवा अवरुद्ध भएको । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।