गौर,९ साउन । प्रहरीले सदरमुकाम गौर स्थित बिपी चोक बाट श्रोत नखुलेको २५ लाख बरामद गरेको छ । गौर नगरपालिका ३ स्थित बिपी चोकमा गढीमाई नगरपालिका ७ बस्ने वर्ष २३ को अजमतुल्ला अन्सारीको साथ बाट २५ लाख रुपैया प्रहरीले बरामद गरेको हो । प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा उक्त रकमको श्रोत खुलाउन नसकेको हु“दा कानुन बमोजिम उक्त रुपैया“ बरामद गरी आवश्यक अनुसन्धानको लागि सम्पति शुद्धिकरण विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।