सर्लाही,१० साउन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश २ को सरकारलाई बिभेदपुर्ण काम बन्द गर्न आग्रह गरेको छ ।नेकपा प्रदेश २ को लालबन्दीमा बसेको बिस्तारित बैठकले विपतमा परेका जनातमाथी बिभेद नगर्न र समयमै राहत र उद्धारको काम गर्न सरकारसंग माग गरेको छ ।
बैठकले विपत व्यवस्थापनको कामको प्रशंसा गर्दै उद्धार र राहतको प्रभावकारी ढंगले अगाडी बढाउन हरेक जिल्लामा एक सर्वदलीय संयन्त्र बनाउन समेत माग गरेको छ ।
नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रदेश २ को सरकारले देखाउनुपर्ने प्रभावकारीता नदेखाएके,राहत बितरणमा भेदभाव गरेको गुनासो आईरहेकाले त्यस्ता काम तत्काल बन्द गरेर पीडितहरुको पीडामा मलहम लगाने काम गर्न माग गरेको छ ।
त्यस्तै बैठकले विद्यालय,स्वास्थ्य संस्था,दलित,बिपन्न जनताका बारेमा विशेष पहल गर्न र सीमा क्षेत्रको बा“धका विषयमा कुटनीतिक तबरले यथासिघ्र कुरा गरेर डुवानबाट जोगाउन नेपाल सरकारसंग माग गरेको छ ।
नेकपाले बाढीबाट मृत्यु भएकाहरुप्रति संबेदना प्रकट गर्दै बाढी र डुवानग्रस्त क्षेत्रमा गएर ईमान्दारिताका साथ खटीन आफ्ना नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुमाझ अपील समेत गरेको छ ।
नेकपाले बाढीग्रस्त क्षेत्रहरुमा क्षतिग्रस्त भएका भौतीक संरचनाको निर्माण गरेर पुर्वाधार सुचारुगर्न,संभावित स्वास्थ्य समस्यालाई ध्यान दिन,शुद्ध खानेपानी उपलब्ध गराउन ,भत्किएका बा“धहरु मर्मता गर्न र कटान रोक्न आपतकालिन पहल गर्न प्रदेश २ सरकारसंग जोडदार माग गरेको छ ।